Monday, December 14, 2015

Thursday, April 30, 2015

भुकम्पले पीडित सिन्धुपाल्चोकका मानिसहरुलाई आपत्कालिन राहतका लागि, त्यसतर्फ प्रस्थान गर्दै Gurung Community Photo Gallery का काठमाण्डौं स्थिति युवा प्रतिनिधि तथा शुभचिन्तकहरु.....!!!

आज नेपाल आमा रोइरहेको छ....! आमाको आँशु पुछ्नु हामी सबैको कर्तव्य हो....! जिम्मेवारी हो....! महाविनाशकारी भुकम्पले पीडित सिन्धुपाल्चोकका मानिसहरुलाई आपत्कालिन राहतका लागि, त्यसतर्फ प्रस्थान गर्दै Gurung Community Photo Gallery का काठमाण्डौं स्थिति युवा प्रतिनिधि तथा शुभचिन्तकहरु.....!!!
#Thanks_Gurung_Community
#Nepalearthquake
#Proudtobegurung


गोर्खामा आज बिहान फेरि भुकम्प गयो।

आज १७ गते बिहानै ६.३० बजे गोर्खालाई केन्द्र बिन्दु मानेर भुकम्पको अर्को धक्का महसुस गरिएको छ।

 आज १७ गते बिहानै ६.३० बजे गोर्खालाई केन्द्र बिन्दु मानेर भुकम्पको अर्को धक्का महसुस गरिएको छ। सरकारले अब भुकम्म नआउने भनेता पनि यसरि बेला बेलामा भुकम्पको धक्का महशुस हुँदा जनताहरु झन झन आतंकित बनेका छन।

Nepal Earthquake: Man rescued 2 days after quake

A team of Turkish rescue workers have pulled a man alive from the rubble of a building in Kathmandu, two days after the earthquake. At least 3,617 people are now known to have died in the massive quake which hit Nepal on Saturday, police say.


भासिएको घर देखाउँदै विकास भन्छन् ‘मेरो दाई ऊ त्यहाँ हुनुहुन्छ’... (Nepal Earthquake disaster)

भासिएको घर देखाउँदै विकास भन्छन् ‘मेरो दाई ऊ त्यहाँ हुनुहुन्छ’...
उजिर कार्की/उज्यालो । काठमाडौं, वैशाख १७ – मकवानपुरका विकास तामाङ पाँच दिनदेखि भूकम्पले दाईलाई पुरेको घर घुमेर बिताइ रहनु भएको छ । ललितपुरको हरिसिद्धीमा रहेको पाँचतले घरको दोस्रो तलामा दाजु भाउजुसँगै बसेका तामाङ दाजु त्यही घरमा पुरिएपछि बिहान सबेरैदेखि राति अबेरसम्म त्यही घर फनफनी घुमेर बिताउनुहुन्छ ।
तीन तला भासिएको घर घुमेर पुरिएका दाईलाई कतैबाट निकाल्न सकिन्छ कि भनेर अनेक उपाय खोज्नुहुन्छ । अनि कोही आउँनासाथ यिनले पो दाई निकाल्छन् कि भनेर आशा गर्नुहुन्छ । अनि त्यहाँ पुग्नेलाई दाई बसेको कोठा देखाउँदै भन्नुहुन्छ ‘मेरो दाई ऊ त्यहाँ हुनुहुन्छ ।’ राति अबेरसम्म पनि कोही आऊला र दाईलाई निकालि देला कि भन्ने आशामा वरपर गरिनै रहनुहुन्छ । जो पुगे पनि दाई पुरिएको ठाउँ देखाउदै सोध्नुहुन्छ ‘अब म के गरौं ?’ शनिबारको भूकम्प जाँदा विकास बाहिर जानु भएको थियो । दाई एक्लै मुर्ति कुँदिरहनु भएको थियो । भाउजु नानी लिएर चर्चमा प्रार्थना गर्न जाँदै हुनुहुन्थ्यो । त्यहि बेला भुईंचालो आयो ।
भुईंचालो गएको दुई मिनेटपछि देवर भाउजु फर्किंदा दाजु कितावसँग भेट भएन । बाहिरै भएकाले देवर भाउजु र भतिजो जोगिए । तर दाई भाग्दा भाग्दै पुरिनुभयो । बसेको घरै तिनतला भासियो । त्यहि दिनदेखि विकासका दिन टोलाएरै वितिरहेका छन् । भाउजुसँग सानो नानी छ उहाँको पनि विजोग छ । घरमा बा आमा मुर्छित हुनुहुन्छ । काठमाडौंं आउन खोजिरहनु भएको छ । तर दाई फेला नपरेकाले विकासले नआउनु भन्नु भएको छ । मकवानपुरका यी दाजुभाई केहि वर्षअघि काठमाण्डौं आएका हुन् । हातमा मुर्ति कुँद्ने सीप भएका तामाङ दाजुभाईसँग मुर्ति बेचेरै परिवार पाल्दै थिए । काठमाडौंको महँगीमा बसेर तामाङ दाजुभाईले मकवानपुरमा रहेका बुढा बाआमाको पालनपोषण र भाईबहिनीलाई पठनपाठनमा पनि सहयोग गरिरहेका थिए । दिनरात दाईसँगै बसेर मुर्ति बनाईरहेका विकास पुरिएका दाईको उद्धार गर्न नसकेकोमा दुखित र निसहाय हुनुहुन्छ ।
दाजु किताव तामाङलाई निकाल्न बारम्बार उद्धार टोली पुगे पनि अहिलेसम्म निकाल्न सकेको छैन् । बुधबार विषेश अध्ययन भएकाले थप उपकरण सहित आउने भन्दै उद्धार टोली फर्किएको छ । पटक–पटक पुगेको टोलीले उद्धार गर्न नसकेपछि दाई जिवितै फेला पर्ने झिनो आशा मात्रै बाँकी छ विकाससँग ।
Pray For Nepal
#Nepalearthquake_disaster